जोमसोम—राउण्ड अन्नपूर्ण पदमार्गका लागि गएकी एक जापानीज महिला पर्यटकको मनाङको धारापानीबाट हेलि उद्दार गरिएको छ । ७४ वर्षीया जापानीज महिला पर्यटक कुरिको कुरी बायासीलाई स्वास्थ्यमा समस्या देखिएपछि आईतबार श्री एअरको हेलिकोप्टरबाट उपचारका लागि काठमान्डौं लगिएको मनाङ प्रहरीले जनाएको छ ।
लमजुङको बेसी सहर हुँदै राउण्ड अन्नपूर्ण चर्किय पदमार्गमा निस्किएको टोलीमा अस्वस्थ बनेकी बायासीसहित २ जना जापानीज र ३ जना नेपाली पथ प्रर्दशक थिए ।उनीहरु कल्चर ट्रेक एस्पिटेसन ट्राभल एजेन्सीसंग समन्वय गरी मनाङ पुगेका थिए ।
जापानीज गाईड जीतकाजी तामाङले आफुहरुले लिएर गएको महिला पर्यटक बिरामी भएपछि मनाङबाटै काठमान्डौं फर्किएको बताए । उनले मनाङको होटलमा बाँस बसेको बेला राति महिला पर्यटक बिरामी भई हेलिकोप्टर मार्फत काठमान्डौं पू¥याएको जानकारी दिए ।
फाईल फोटो :
१२ कार्तिक २०८०, आईतबार ०९:४८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार