विपद् व्यवस्थापन र मानवीय सहयोगको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, सरकारी र विभिन्न सरोकारवाला निकायहरू बिच समन्वय, सहकार्य र साझेदारी अभिवृद्धि गरि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा योगदान गर्ने मुल उद्देश्यका साथ वि.सं २०५२ सालमा अनौपचारिक मञ्चको रूपमा स्थापना भई, वि.सं २०६४ सालमा विधिवत रूपमा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा दर्ता भई विगत २८ वर्षदेखि विभिन्न सरोकारवालाहरुसंग सहकार्य, समन्वय, साझेदारी गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा प्रकोप पुर्वतयारी सञ्जाल- नेपाल (डिपिनेट) कार्यरत रहँदै आइरहेको छ ।
यसै संस्थाले आज मिति २०८० चैत्र २ गते अल्फा हाउस, नयाँबानेश्वर, काठमाडौमा पन्ध्रौं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष श्री सुर्यबहादुर थापाको सभाअध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का कार्यकारी प्रमुख श्री अनिल पोखरेलज्युको प्रमुख आतिथ्यतामा उदघाटन सत्र सम्पन्न भएको छ ।
राष्ट्रिय गानबाट शुरु भएको उक्त सत्रमा विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशिल ३ जना व्यक्तिहरु क्रमश: प्रा.डा विशालनाथ उप्रेती, भेरी नगरपालिकाका प्रमुख श्री चन्द्र प्रकाश घर्ती र रुकुम पश्चिमका श्री रमा गौतमलाई डिपिनेट अवार्डबाट सम्मानित गरिएको थियो । सञ्जालका उपाध्यक्ष श्री डा.राजु थापाले संचालन गर्नुभएको सो सत्रमा महासचिव श्री कैलाश रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अवार्डबाट सम्मानित व्यक्तिहरुले पनि आआफ्नो मन्तव्य गर्नुभएको थियो भने श्री उमेशप्रसाद ढकाल कार्यकारी निर्देशक नेपाल रेडक्रस सोसाइटी/डिपिनेट सल्लाहकार, श्री अर्जुन भट्टराई महासचिव गैसस महासंघ नेपाल, श्री रञ्जना राई प्रतिनिधि (गृह मन्त्रालय) ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथि श्री अनिल पोखरेलले डिपिनेट नेपाललाई विपद् व्यवस्थापनको क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो भने उदघाटन सत्रको सभा अध्यक्षता गरिरहनुभएका सञ्जालका अध्यक्ष श्री सुर्यबहादुर थापाले धन्यवाद सहित उदघाटन सत्रको समापन भएको थियो ।
बन्दसत्रको शुरूवातमा साधारणसभा सभाको कार्यसुची प्रस्तुति र अनुमोदन गरिएको थियो । सञ्जालका महासचिव श्री कैलाश रिजालले आ.व २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन र आ.व २०८०/८१ का लागि प्रस्तावित कार्यक्रमको लागि बजेट प्रस्तुत साथै कोषाध्यक्ष श्री शक्ति गुरुङद्वारा आ.व २०७९/८० को लेखापरीक्षण प्रतिवेदन र चालु आ.व २०८०/८१ को लागि हालसम्मको आम्दानी र खर्चको विवरण र आ.व २०८०/८१ को अनुमानित कार्यक्रमहरुको आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । बन्दसत्र पश्चात् नयाँ कार्यसमितिको निर्वाचन पनि हुने कार्यक्रम रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin