काठमाडौं, — हाल देशभर आंशिकदेखि साधारणतया बदलीको स्थिति रहेको छ, जसका कारण कोसी प्रदेशका केही स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोसी, वाग्मती, र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यी प्रदेशका एकदुई स्थानमा भारी वर्षा पनि हुनसक्छ।
विभागले राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरेको छ। कोसी, वाग्मती, कर्णाली, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपासमा रहेको कारणले गर्दा मनसुनजन्य गतिविधिहरू तीव्र रहेको विभागले जानकारी गराएको छ। यसबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।