: सुर्य राय, काठमाडौं | आमादर्शन न्यूज
नेपाल शिक्षक महासंघले देशव्यापी शिक्षक आन्दोलनलाई निर्णायक मोडमा पु¥याएको घोषणा गर्दै राजधानी काठमाडौंमा थप सशक्त उपस्थिति जनाउन शिक्षकहरूलाई आग्रह गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, शिक्षकका मागहरूमा सरकार लगातार अनुदार र बेवास्तापूर्ण देखिएको कारण अब आन्दोलनलाई अझ सशक्त बनाउनैपर्ने अवस्था आएको हो। उनले भने, “राज्य शिक्षकमाथि बेवास्ता गरिरहेको छ। अब आन्दोलनमा अझ बढी प्रतिबद्धता र सहभागिता जनाउनुको विकल्प छैन।”
शिक्षक महासंघले २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन सुरु गरिसकेको छ। त्यसमाथि थप दवाब दिन चैत २५ गतेदेखि आम शैक्षिक हडताल घोषणा गरिएको छ। महासंघले देशभरका सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन बन्द गरी सबै शिक्षकलाई काठमाडौं आइपुग्न विशेष अनुरोध गरेको छ।
“देशभरिका सम्पूर्ण शिक्षक साथीहरू, आन्दोलनको यो निर्णायक घडीमा तपाईंको उपस्थिति अनिवार्य छ,” सुवेदीको अपिल छ, “तुरुन्तै काठमाडौं आइपुग्नुहोला। यो हाम्रो अधिकार र शिक्षाको भविष्यका लागि निर्णायक लडाइँ हो।”
साथै, उनले अनधिकृत विचार, अफवाह, षड्यन्त्र र भ्रामक समाचारबाट सतर्क रहन शिक्षकहरूलाई आग्रह गरेका छन्।
© Surya Raya | Aama Darshan News
समाचार, विचार र सच्चा आवाजको लागि आमादर्शन न्यूज।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय