काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५ मा शंकास्पद अवस्थामा मृत फेला परेका पुरूषको पहिचान खुलेको छ।
मृतक पुरूष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।
मृतक ५२ वर्षीय नगरकोटीको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको हो।
८ जेठ २०८१, मङ्गलबार ०९:४० मा प्रकाशित