शेर्पा संघ जिल्ला कार्य समितिले २०८० सालको SEE परीक्षा उत्तीर्ण गरेका शेर्पा विद्यार्थीहरूको सम्मान तथा शैक्षिक परामर्श कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। इलामको रकसे गुम्बामा आयोजित कार्यक्रममा शेर्पा समुदायका ४० जना विद्यार्थीहरूलाई सम्मानित गरियो।
कार्यक्रममा प्रमुख अतिथि लगायत बिभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सम्मानित विद्यार्थीहरूलाई प्रशंसा पत्र वितरण गर्दै उनीहरूको आगामी शैक्षिक यात्रा सफल होस् भन्ने शुभकामना व्यक्त गरियो।
शैक्षिक परामर्श कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई उच्च शिक्षा, छात्रवृत्ति अवसरहरू, र करियर मार्गनिर्देशनका विषयमा विस्तृत जानकारी प्रदान गरियो। कार्यक्रममा वक्ताहरूले शेर्पा समुदायका विद्यार्थीहरूको शैक्षिक प्रगति र भविष्यको लागि निरन्तर प्रयासरत रहनुपर्ने आवश्यकता औंल्याए।
१९ साउन २०८१, शनिवार ०७:४७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़