प्रधानमन्त्री ओली र मन्त्रीबीच वार्षिक कार्यसम्पादन सम्झौता

काठमाडौं, आमादर्शन न्यूज — चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र मुख्यसचिवबीच बिहीवार कार्यसम्पादन सम्झौता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गरिएको हो।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न यस अभ्यासको सुरुआत प्रधानमन्त्री ओलीको विगतको कार्यकालमै भएको हो।

सम्झौता अनुसार मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ, जसले मन्त्रालयगत योजनाको समयमै कार्यान्वयन सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया