स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस २०२४: “नागरिकको स्वास्थ्य, राज्यको दायित्व”

आज डिसेम्बर १२, विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस (Universal Health Coverage Day) मनाइँदैछ। नेपालमा पनि स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यका साथ यो दिवसलाई विशेष कार्यक्रमहरूमार्फत मनाइँदैछ।


नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयराष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सहकार्यमा आयोजित कार्यक्रमहरूमा सर्वसुलभ स्वास्थ्य सेवाको महत्त्व, नागरिकको स्वास्थ्यमा राज्यको जिम्मेवारी, र स्वास्थ्य सेवा सुधारका प्रयासहरूलाई प्राथमिकता दिइनेछ। यसमा विश्व स्वास्थ्य संगठन नेपालको पनि विशेष सहयोग रहेको छ।


सर्वव्यापी स्वास्थ्य कवरेजको आवश्यकता


स्वास्थ्य सबैको मौलिक अधिकार हो। तर, धेरै नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुने गरेका छन्। यसै सन्दर्भमा, “नागरिकको स्वास्थ्य, राज्यको दायित्व” भन्ने नाराले हरेक नागरिकलाई गुणस्तरीय, सुलभ र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन राज्यलाई दवाव दिने उद्देश्य राखेको छ।


नेपालको पहलहरू

स्वास्थ्य बीमा कार्यक्रम: सबैलाई समेट्ने प्रयास।

सुदूर ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच सुधार: स्वास्थ्य चौकी र मोबाइल सेवा विस्तार।

स्वास्थ्य शिक्षा र जनचेतना: #HelloSwasthya अभियान।

विश्वभर हरेक वर्ष यो दिन मनाउनुको उद्देश्य स्वास्थ्यमा पहुँचलाई मानव अधिकारका रूपमा स्थापित गर्नु हो। यस वर्ष, दिवसले विशेष रूपमा कमजोर र वञ्चित समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने महत्त्वमा जोड दिएको छ।


“स्वास्थ्यलाई प्राथमिकता दिऔं, सबैको स्वास्थ्य पहुँच सुनिश्चित गरौं।”


#UniversalHealthCoverage #HelloSwasthya #Nepal

प्रतिक्रिया