✍️ आमा दर्शन न्युज | काठमाण्डौं
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हरियालीमै बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य गिरावट आएको नेप्से यस दिन १९.०४ अंकले उकालो लाग्दै २६८८.५५ विन्दुमा पुगेर बन्द भएको हो।
साथै, सेन्सेटिभ इन्डेक्स ७.०८ अंक, फ्लोट इन्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५४ अंकले बढेका छन्।
यद्यपि सूचक वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ। बुधबार १० अर्ब ६९ करोड रुपैयाँबराबरको कारोबार भएको थियो भने बिहीबार ३१४ कम्पनीको ८६ हजार ६८५ पटकको कारोबारमा जम्मा ९ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँ बराबरको २ करोड २३ लाख ९६ हजार कित्ता शेयर किनबेच भएको हो।
यस दिन पनि ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरले सकारात्मक सर्किट हिट गर्दै ९३ रुपैयाँ १० पैसा बढेर १०२४ रुपैयाँ ३० पैसामा कारोबार बन्द गरेको छ। एनआईसी एशिया बैंकको शेयरमूल्य झण्डै ८ प्रतिशतले उकालो लागेको छ भने फरवार्ड माइक्रोफाइनान्सको शेयरमा ७ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।
अर्कोतर्फ, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य भने ९.९९ प्रतिशतले घट्दै दिनको उच्च गिरावट सहन पुगेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेका कम्पनीहरू:
-
ङादी ग्रुप पावर – ६९ करोड १ लाख ७२ हजार
-
राधी विद्युत कम्पनी – ६० करोड+
-
कुमारी बैंक – ४२ करोड+
उपसमूहगत विश्लेषणमा १३ मध्ये ४ उपसमूह हरियालीमा रहे भने बाँकी ९ उपसमूह राताम्मे बने। सबैभन्दा बढी वृद्धि बैंकिङ उपसमूहले ३.८२ प्रतिशतको साथ देखाएको हो। लघुवित्त उपसमूह पनि २ प्रतिशतभन्दा बढीले बढेको छ।
तर होटल तथा पर्यटन उपसमूहमा भने २.६० प्रतिशतको गिरावट आएको छ। : साताको अन्त्यमा नेप्सेले हरियाली संकेत दिएको भए पनि कारोबार रकम घट्नुले लगानीकर्तामा सतर्कता कायम रहेको देखिन्छ। केही प्रमुख कम्पनीको मूल्य वृद्धिले बजारमा आंशिक उत्साह थपेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin