गजल

गजल

हिँड्न त खोजेको हुँ, पाइला चालेको छु,

सपना पूरा गर्ने अठोट पालेको छु।

अगाडि बसेर बाटो छेक्नेलाई के भनूँ?

मनभित्र साहसको दियो बालेको छु।

हरपल रोकेर अघि बढ्न नदिने,

समयको धारसँग लड्न थालेको छु।

छायाँ बनेर छेक्छन् बाधाहरू यहाँ,

तर उज्यालो खोज्दै आफैँ जलेको छु।

हिँड्न त खोजेको हुँ, पाइला चालेको छु,

मञ्जिल भेट्न धरती नाप्न थालेको छु।


— सूर्य राय

प्रतिक्रिया