काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले कक्षा–१२ परीक्षामा अनियमितता गरेको आरोपमा दुई परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध गरेको छ।
बोर्डका अनुसार २२७४४३०१ र ३५५०००७६ क्रमांकका परीक्षार्थीहरूको चालु शैक्षिक सत्रको खण्ड परीक्षाका सम्पूर्ण विषय रद्द गरिएको छ। साथै उनीहरूलाई आगामी एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।
बोर्डले शुक्रबार कक्षा–१२ को नतिजा सार्वजनिक गर्ने क्रममा उक्त कारबाहीबारे जानकारी दिएको हो। कक्षा–१२ को परीक्षा गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको थियो।
५ असार २०८३, शुक्रबार ११:५९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता