काबुल । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताएका छन् ।
अधिकारीका अनुसार आइतबार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि भएको दुर्घटनामा महिला तथा बालबालिका लगायतका धेरै व्यक्ति परेका छन् । उनीहरूका अनुसार उद्धार कार्य जारी छ । पहिरोका कारण कम्तीमा २० वटा घरहरू क्षतिग्रस्त भएका छन् । काबुल । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताएका छन् ।
अधिकारीका अनुसार आइतबार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि भएको दुर्घटनामा महिला तथा बालबालिका लगायतका धेरै व्यक्ति परेका छन् । उनीहरूका अनुसार उद्धार कार्य जारी छ । पहिरोका कारण कम्तीमा २० वटा घरहरू क्षतिग्रस्त भएका छन् ।
घटनाको पुष्टि गर्दै राष्ट्रिय विपद् अधिकारीका प्रवक्ता मुल्लाह जानान स्याकले दुर्घटनामा परी मृत्यु हुनेको संख्या परिवर्तन हुनसक्ने बताए ।
राजधानी सहर काबुलसहित अफगानिस्तानका केही भागहरूमा आइतबार दिउँसोदेखि वर्षा र हिमपात भइरहेको छ