सेबोनले नेप्सेमा अन्तिम १५ मिनेटको औसत मूल्य प्रणाली रोक्यो



काठमाण्डौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेमा लागू हुँदै आएको अन्तिम १५ मिनेटको औसत मूल्यलाई आधार मानेर सूचक र कारोबार मूल्य निर्धारण गर्ने प्रक्रिया तत्कालका लागि रोकेको छ।


आइतबारदेखि यो व्यवस्था लागू नहुने भएको छ। यससँगै नेप्सेमा अब पुनः अघिकै नियम अनुसार अन्तिम कारोबार भएको मूल्य नै अन्तिम मूल्य मानिनेछ।


बोर्डले उक्त प्रणाली कार्यान्वयनमा देखिएका व्यवहारिक चुनौतीका कारण अस्थायी रूपमा रोक लगाएको बताइएको छ। यसअघि बजार बन्द हुने अन्तिम १५ मिनेटमा भएका कारोबारहरूको औसत मूल्यलाई आधार बनाएर सूचक र कारोबार मूल्य निर्धारण गरिँदै आएको थियो।


बजार विश्लेषकहरूले यो कदमले अन्तिम समयको मूल्य निर्धारणमा स्पष्ट प्रभाव पार्ने र लगानीकर्ताले प्रत्यक्ष कारोबार मूल्यलाई आधार मान्नुपर्ने अवस्था आउने टिप्पणी गरेका छन्।

प्रतिक्रिया