रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले आफ्नो पार्टीका नेताहरूलाई पैसा कमाउने कुनै उद्देश्य नभएको स्पष्ट पारेका छन्।
निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै उनले भने, “हाम्रा नेताहरूलाई एक रुपैयाँ पनि चाहिएको छैन। हामीले पैसा कमाउन चाहेको दिन त देश नै सकिन्छ।” राजनीतिमा लागेर पैसा कमाउन आफूहरूलाई धेरै समय नलाग्ने भए पनि त्यस्तो गलत मनसायमा आफूहरू नरहेको उनले बताए।
उनका अनुसार, “पैसा कमाउन २०–३०–४० सेकेन्डभन्दा बढी लाग्दैन होला, तर हामी त्यहाँ बिलकुलै छैनौं।”
कार्यक्रममा सहभागीहरूलाई आश्वस्त पार्दै उनले रास्वपाको नीतिले सधैं निजी क्षेत्रलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे। “हाम्रो पोलिसीले तपाईंहरूलाई प्रोटेक्ट गर्छ, यसमा थोरै पनि शंका नराख्नुस्,” उनले भने।
सीमा क्षेत्रमा हुने तस्करीका विषयमा उनले सरकारले कडाइ गरेको भए पनि उपभोक्ताको संवेदनशीलतालाई ध्यानमा राख्दै त्यसमा पुनर्विचार गर्ने तयारी भइरहेको जानकारी दिए। खुल्लमखुल्ला भइरहेको तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने उनको भनाइ थियो।
तस्करी नियन्त्रण गर्दा केही असन्तुष्टि देखिए पनि त्यसलाई नियन्त्रण गर्नैपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय