काठमाडौं । राजधानी काठमाडौं महानगरपालिका क्षेत्रमा आन्दोलनका क्रममा सडकमा थुप्रिएको फोहोर हटाउने कार्य महानगरपालिकाले सुरु गरेको छ। सडकमा जम्मा भएको फोहोरका कारण यातायात र सर्वसाधारणलाई समस्या हुने अवस्था देखिएपछि फोहोर व्यवस्थापन अभियान सञ्चालन गरिएको हो।
यसैबीच, महानगरले सर्वसाधारणलाई कुनै पनि आकस्मिक अवस्थामा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ। सुरक्षा, स्वास्थ्य वा दमकल सहयोग आवश्यक परेमा महानगर प्रहरी तथा संयुक्त अपरेशन केन्द्रसँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको महानगरले जनाएको छ।
यस्तै, नेपाली सेनाको मुख्यालयमार्फत पनि प्रत्यक्ष सहयोग लिन सकिनेछ। यसका लागि मोबाइल नम्बर ९८५१३५६५०९ तथा टेलिफोन नम्बर ०१–५९७९२२३ र ०१–५९७९२२४ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
२५ भदौ २०८२, बुधबार ०१:१३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता