नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, र बहुधार्मिक मुलुक हो। हाम्रो संविधानले विविध समुदायको भाषा, संस्कृति, र परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै उल्लेखनीय उपलब्धिहरू हासिल गर्न सफल भएको छ। चाडपर्वहरूले सामाजिक सद्भाव र विविधतामा एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।
तमु ल्होसार नेपाली गुरुङ समुदायको प्रमुख सांस्कृतिक पर्व हो, जसले नयाँ वर्षको आगमनसँगै उमङ्ग, आपसी प्रेम, र सहअस्तित्वको भावना ल्याउँछ। यसका साथै, नेपालमा मनाइने सोनाम ल्होसार र ग्याल्बो ल्होसार पनि विविध समुदायको मौलिक संस्कृति झल्काउने महत्त्वपूर्ण पर्व हुन्।
तमु ल्होसारको यस पावन अवसरमा, आमा दर्शन न्युज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको हार्दिक शुभकामना व्यक्त गर्दछ।
हाम्रा चाडपर्वहरूले सामाजिक एकता बलियो बनाउँदै देशलाई आर्थिक समृद्धि, सुशासन, र दिगो शान्तिको मार्गमा अगाडि बढाउन प्रेरणा प्रदान गरून्।