काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरी व्यवस्थापनका लागि आफ्नै एकीकृत डिजिटल प्रणाली विकास गरी कार्यान्वयनमा ल्याएको छ।
माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले ७ दिनभित्र विद्यालयमा डिजिटल हाजिरी प्रणाली लागू गर्न निर्देशन दिएपछि महानगरपालिकाको शिक्षा विभाग र सूचना प्रविधि विभागले संयुक्त रूपमा प्रणाली विकास गरेका हुन्।
महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई उक्त एकीकृत हाजिरी प्रणालीमा आवद्ध गराइसकेको जनाएको छ। प्रणालीमार्फत महानगरपालिकाका कर्मचारी, विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीको दैनिक हाजिरी डिजिटल रूपमा अभिलेख हुनेछ।
महानगरका अनुसार डिजिटल हाजिरी प्रणाली कार्यान्वयनसँगै विद्यालयको प्रशासनिक पारदर्शिता, नियमितता र जवाफदेहिता थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। साथै, शिक्षक तथा विद्यार्थीको उपस्थितिबारे वास्तविक समयमै विवरण प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क