कीर्तिपुर अस्पतालमा थप २ वटा डायलाइसिस Dialysis मेसिन उपलब्ध गराउने अभियानमा निरन्तरको अथक प्रयासपछि आज Diwakar Golchaa Foundation का श्री Hitesh Golchaa तथा Shangpa Foundation का गुरु Amit ज्यु संग सहयोगसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
यस महत्वपूर्ण कार्यमा समन्वय तथा सहजीकरणका लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु:
* श्री परशुराम सुवेदी \(वडा नं\. ४, सल्यानस्थान\)
* श्री प्रकाश महर्जन धन दाइ, पूर्व अध्यक्ष, कीर्तिपुर वडा नं. २ २०५४
* Rotary Club of Kirtipur, श्री रमेशमान डंगोल ,पूर्व अध्यक्ष ,कीर्तिपुर वडा नं.२ २०७४
* श्री भाइलाल महर्जन, पूर्व वडा सदस्य, कीर्तिपुर वडा नं. ३ २०५४
कीर्तिपुरका मृगौला रोगीहरूको उपचार सेवामा महत्वपूर्ण योगदान पुर्याउने यस सहयोगका लागि Diwakar Golchaa Foundation र Shangpa Foundation प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु।
साथै, यस अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, समन्वय, सुझाव र हौसला प्रदान गर्नुहुने सम्पूर्ण मित्रहरू, अग्रजहरू, सामाजिक अभियन्ताहरू, विभिन्न संघ–संस्थाहरू, सञ्चारकर्मीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति पनि हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यस सहयोगसँगै कीर्तिपुर तथा आसपासका क्षेत्रका मृगौला रोगीहरूले समयमै डायलाइसिस सेवा प्राप्त गर्ने, उपचारको पहुँच विस्तार हुने र बिरामी तथा उनीहरूका परिवारलाई ठूलो राहत पुग्ने विश्वास लिएको छु।
मानव सेवाभन्दा ठूलो सेवा अर्को हुँदैन। यही भावनाका साथ सबैको साथ, सहयोग र सद्भाव आगामी दिनहरूमा पनि निरन्तर रहिरहोस् भन्ने अपेक्षा गर्दछु।
सबैप्रति पुनः एकपटक हार्दिक धन्यवाद
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर