२०८१ फागुन ५ गते सम्पत्ति शुद्धिकरण मुद्दामा दर्ता गरिएका रामबहादुर बम्जन उर्फ ‘लिटिल बुद्ध’लाई पुर्पक्षका लागि कारागार पठाइएको छ। नेपालमा लामो समयदेखि विवादमा रहँदै आएका बम्जनमाथि गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको थियो।
सम्बन्धित निकायले उनको सम्पत्ति श्रोत स्पष्ट नभएको भन्दै मुद्दा अगाडि बढाएको हो। काठमाडौं जिल्ला अदालतले प्रारम्भिक सुनुवाईपछि उनलाई थुनामा राखेर मुद्दा अघि बढाउने निर्णय गरेको छ।
बम्जनका अनुयायीहरूले उनलाई ‘बुद्धको अवतार’ भन्दै पुज्ने गरेका छन् तर विगतमा उनीमाथि मानिसहरूलाई बेपत्ता बनाएको, कुटपिट गरेको र महिला अनुयायीहरूलाई यौन शोषण गरेको जस्ता गम्भीर आरोपहरू लाग्दै आएका छन्।
१४ जेठ २०८२, मङ्गलबार ०७:४५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता