अमेरिकी राष्ट्रपति चुनाव २०२४: मतगणना सुरु, डोनाल्ड ट्रम्पको प्रारम्भिक अग्रता

वाशिंगटन, नोभेम्बर ६ – अमेरिकाको बहुप्रतिक्षित राष्ट्रपतीय चुनाव २०२४ अन्तर्गत मतदान प्रक्रिया सम्पन्न भइसकेको छ र प्रारम्भिक मतगणना सुरु भएको छ। पूर्वी क्षेत्रका राज्यहरूमा मतदान पहिले सकिएकाले ती राज्यहरूको गणना पहिल्यै सुरु गरिएको हो। यसपटकको चुनावमा मुख्य प्रतिस्पर्धा डेमोक्र्याटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच भइरहेको छ।


मतगणनाको सुरुवाती चरणमा ट्रम्पले अग्रता लिएका छन्, यद्यपि अन्तिम नतिजा आउन बाँकी छ। अमेरिकी चुनाव प्रणाली अनुसार, ५३८ इलेक्ट्रोल कलेज भोटमध्ये २७० भोट हासिल गर्ने उम्मेदवारले चुनाव जित्नेछन्।


विश्लेषकहरूले यो चुनावलाई अत्यधिक प्रतिस्पर्धात्मक मानिरहेका छन्, विशेष गरी “स्विङ्ग” राज्यहरूमा अन्तिम समयमा हुने परिणामले ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ। एरिजोना, जर्जिया, मिचिगन, नाभाडा, नर्थ क्यारोलिना, पेन्सलभेनिया, र विस्कन्सिन यी स्विङ्ग राज्यहरूको नतिजाले नै उम्मेदवारको भाग्य निर्धारण गर्ने सम्भावना छ।


पेन्सलभेनिया राज्यमा तर्फ विशेष ध्यान केन्द्रित भएको छ, जहाँ दुबै पार्टीले प्रचार–प्रसारमा अत्यधिक खर्च गरेका छन्। यस पटक, चुनावी विज्ञापनमा करिब १० अर्ब ५३ करोड डलर खर्च गरिएकोमा ११ प्रतिशत मात्र पेन्सलभेनियामा खर्च भएको तथ्यांकले उक्त राज्यको महत्व देखाउँछ।


यसअघि सन् २०१६ मा ट्रम्पले पाँचवटा स्विङ्ग राज्यमा जित हासिल गरेर राष्ट्रपति पदमा विजय हासिल गरेका थिए भने सन् २०२० मा जो बाइडेनले छवटा राज्यमा जित हासिल गरेका थिए। यसपटकको निर्वाचनको नतिजा पनि यी महत्वपूर्ण राज्यहरूबाट नै आउनेछ।


प्रतिक्रिया