तलब तथा ज्याला सूचकांक २.८५ प्रतिशतले वृद्धि,

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा तलब तथा ज्याला सूचकांक २.८५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि दर ५.५६ प्रतिशत थियो, जसले चालु वर्षको वृद्धिदर तुलनात्मक रूपमा कम रहेको देखाउँछ।

प्रदेशगत रूपमा हेर्दा, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ७.५९ प्रतिशतले तलब तथा ज्याला सूचकांक वृद्धि भएको छ। यस्तै, मधेस प्रदेशमा ४.२६ प्रतिशत, लुम्बिनी प्रदेशमा ३.३७ प्रतिशत, कर्णाली प्रदेशमा ३.०८ प्रतिशत, गण्डकी प्रदेशमा २.७० प्रतिशत, बाग्मती प्रदेशमा १.७३ प्रतिशत तथा कोसी प्रदेशमा सबैभन्दा कम १.३० प्रतिशत मात्र वृद्धि भएको छ।

विशेषज्ञहरूका अनुसार तलब तथा ज्यालामा हुने वृद्धिदर आर्थिक गतिविधि, महँगी दर तथा श्रम बजारको अवस्थासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। चालु आर्थिक वर्षमा तलब तथा ज्यालाको वृद्धिदर अघिल्लो वर्षको तुलनामा कम देखिनुका पछाडि अर्थतन्त्रको मन्दी, लगानीको गतिमा आएको सुस्तता तथा रोजगार बजारमा देखिएको मन्द प्रवृत्ति कारण हुन सक्ने अनुमान गरिएको छ।

नेपाल राष्ट्र बैंकले आगामी त्रैमासिक प्रतिवेदनमार्फत आर्थिक तथा वित्तीय गतिविधिको थप विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको 

प्रतिक्रिया