डाइयलसिस : कुनै जारको पानी घोप्ट्याएर अर्को भाडोमा थाप्ने विधिजस्तो होइन

डाइयलसिस : कुनै जारको पानी घोप्ट्याएर अर्को भाडोमा थाप्ने विधिजस्तो होइन 

म प्रशान्त महासागर । मेरो शब्दहरू परिभाषा र त्यसको दृष्टिकोण अलिक फरक छ । त्यसकारण मेरो कुरा प्रायः परिपुरक हुनुपर्छ भन्ने अर्थ हुनेछ । म विकल्प कम समपुरक ज्यादा सोच्ने गर्छु जसको अर्थ विरोध बुझेर आफू कमजोर बनाउनेहरू यथेष्ट छन । त्यो सोचको कमि मान्छु भने क्षमतामा देखिएका ह्रास हुन् । र सतही कुरा मात्र हुन् जसले गहिराइ कहिल्यै देख्नेछैन भने प्राप्ति कुरा पनि त्यस्तै हुन् । 

हाम्रो मानवीय समाज जहाँ बच्चा नरोइकन जन्म दिने आमाले आफ्नो बच्चा भोकाएको छ बुझ्दैन, त्यहाँ हामी नि:शुल्कताको कुरा धेरै गर्छौं । मैले बुझेको नि:शुल्कता योगदान बापत प्राप्त सेवा वा सम्मान जुन सुबिधा पनि हुनसक्छ म त्यसलाई त्यसरी बुझ्छु । र पछिल्लो समय अर्थात आजभोली जुनै विषय व्यापार बनेको परिप्रेक्ष्यमा गुणस्तर सुधार हाम्रो योगदान हुनुपर्छ वा जिम्मा लिनुपर्छ भन्ने मान्यता रहेको छ । कारण भोजन स्वास्थ्य हुनुपर्नेमा हामीले स्वाद स्वरूप ग्रहण आइरहेका छौं । यहाँ योगदान सम्मान वा सेवा अर्थात सुबिधा छाँटकाँट देखिन्न भने नि:शुल्कता त्यहाँ खोजिनु मूर्खता हुनेछ । यस्तो अवस्थामा मेरो उपचारको क्रममा कीर्तिपुर अस्पतालमै मृत्यु नसिब भए पनि त्यो मैले जस्तै सबै आ-आफ्नो नसिबको लेखा मान्नुपर्छ । जीवन फैलिने क्रम मृत्यु हो । म यसलाई यसरी बुझ्छु । यो मैले प्राय: नबुझेर कीर्तिपुर अस्पतालको विरोध गर्ने देखिएकोले भनेको तथ्यता हो । 

कीर्तिपुर ५२ रोपनी जग्गामा अवस्थित कीर्तिपुर अस्पताल कुनै कसैको व्यक्ति वा सिद्धान्त लाभको लागि होइन । भगवानले यदि छल गर्छ भने त्यसको प्रतिकार छल गर्न पाउँदैनौ भन्ने एक व्यक्ति डाक्टर हुन् । आफैंमा पुण्य सेवा हुन् तर यसलाई सतही नजर स्वार्थ र सैद्धान्तिक याचनामा बुन्ने गरिएको पाइन्छन । यो अन्जान अपराध हो भने क्षमा त्यसको अधिकार हो । यदि जानी जानी गर्न खोजिने घटना क्षमा लायक हुन्न । यो कुरा गर्नुको कारण गत बैशाख २४ गते हामी कोहि भेला भयौं । सानो छलफलसँगै हामी कीर्तिपुर अस्पतालमा डाइयलसिस सुबिधा सम्बन्धिको जानकारी लिनेदिने कार्यक्रम सम्पन्न गर्यौं । त्यसमा विशेष चासो समाजसेवी राजकमल महर्जनको रहे पनि त्यसको बारे हाम्रो छलफल धेरै पहिले देखि भईरहेको थियो । निष्कर्षमा हामीले डाइयलसिस मेसिन थप गर्ने कुरा गर्यौं । तर यहाँनेर एउटा स्पष्ट के हुनुपर्छ त भन्दाखेरी कीर्तिपुर अस्पतालले हामीलाई मेसिन चाहिइयो भनेको चाहिँ भनेको होइन । सामाजिक सञ्जालको बुझाई अनुसार बताएको हुँ । 

कीर्तिपुर अस्पतालमा डाइयलसिस उपचार पाएर पनि अझै प्रतिक्षारत बिरामीहरू दु:ख देखेरै हामी समाजबाटै यसलाई सुबिधायुक्त र गुणस्तर अझै नि:शुल्क नै गर्न गराउन पाए जीवन मुल्य र मान्यताको कदर हुन्छ भनेर थप दुइटा मेसिन थप्न पाए कीर्तिपुरबासी जो बाहिर अस्पतालको सुबिधा लिन भोग्नुपर्ने कठिनाइबाट मुक्त हुनसकिन्छन कि हाम्रो सोच हो जुन सैद्धान्तिक रणनीति नहोस् चाहन्थ्यौं । त्यस अनुरूप स्थानीय सरकारलाई पत्र तथाअ ध्यानाकर्षण गराउँदा वास्ता गरिएन । हामी निरन्तर संवादमा जुटिरह्यौं । सामाजिक सञ्जालमा पोष्टहरू गर्दै रह्यौं । जसको निचोड : त्यो प्राइभेट अस्पताल हो त्यसलाई अनुदान किन ? किन अस्पतालले किन्न सकेनन् ? त्यहाँ राख्नु भन्दा बिष्णुदेवी अस्पतालमा किन राख्नुहुन्न ? हालसम्म त्यो अस्पतालले हामीलाई के दियो ? अन्य अन्य अनेक प्रश्नहरू तेर्सिए । सर्वप्रथम प्रश्नहरूको सन्दर्भमा हामी नजिक तीर्थ हेला भन्ने मानसिकतामा हुर्केका मानिस हौं जसको पछिल्लो उदाहरण कीर्तिपुरको बिरामी सिद्धार्थ वनस्थलीमा डाइयलसिस गराइ रहेका उहाँलाई त्यही उपचार गराई रहेको अर्को बिरामीले कीर्तिपुरमा त्यस्तो राम्रो डाइयलसिसको सुबिधा हुँदा यहाँ किन भन्ने अर्को प्रश्न तेर्सिइयो । अर्को कीर्तिपुरबासीको हकमा विष्णुदेवी अस्पताल विकल्प होईन परिपुरक बन्नुपर्छ । अर्को, अस्पताल गएको अनुदान कोहि व्यक्तिको घर पुग्नेमा पुग्ने सुबिधा होइन । हामीमा नै कुनै न कुनै फर्किउने यथार्थता हुन् जुन हामी स्विकार्न सकेका छैनौं । यो हाम्रो सोचको खोट हो । र अस्पतालले के दियो हाम्रो जग्गा बापत के पायौं भन्ने सवाल त्यस सम्बन्ध राजनीति बाहेक अन्य केही सोचिएन । गुणस्तर र योगदानलाई सेवा सुबिधामा परिणत गर्नुपर्छ भन्ने कहिल्यै सोच्ने विचार हामी कीर्तिपुरबासीले कहिल्यै गरेनौं । भनसुन र अवसर बाहेक त्यसको बारे केही सोचिएनन । 

अन्तमा, बुझ्नैपर्ने कुरा अस्पताल स्वयमले कोभिडको बेला डाइयसलसिस मेसिन राख्न लाग्दा राख्न नदिइ कीर्तिपुर नगरपालिकाबाट ५ वटा मेसिन राखेर राज्यसँग विद्रोह गरेर सञ्चालन गरिएको सेवा हो । यसमा पुर्व मेयर श्री रमेश महर्जनज्यूलाई धन्यवाद दिनुपर्छ । यसलाई राजनीति बुझ्ने धेरै छन । अस्पताल एमाले त्यही भएर एमाले मेयरले उपकरण दान गरे भन्ने कुरा व्यापक चर्चामा छ । यो राजनीति र पैसा हुने कीर्तिपुरबासिको वास्तविकता हो जुन विरोधको रुपमा छन जसलाई कीर्तिपुरवासी सोच्नै सकेको छैन कि त्यहाँबाट प्राप्त हुने सेवा एमालेले दिने होइन । विशुद्ध कीर्तिपुरवासिकै सेवाको लागि कीर्तिपुरमा थपिएको सेवा र सुबिधा हुन् । अर्को अस्पतालले नै मेसिन राखेको भए एकचोटि डाइयलसिस गराएको मूल्य २५ सय देखि ४५ सयसम्म तिर्नुपर्छ । यस्तो गलत काम हुनबाट रोक्न समाजसेवी राजकमल महर्जनले रोकेर नगरबाट ५ वटा मेसिन राख्न लगाई रू५००/- शुल्कमा बिरामीहरूले सेवा लिइरहेका छन । यस्तै डाइयलसिस मेसिन राख्न आइसियुको व्यवस्था हुनुपर्छ साथै अस्पतालले १०० शैयाको अनुमती पनि पाउनुपर्छ । अत: डाइयलसिस मेसिन जार घोप्ट्याएर पानी बोटलमा वा अन्य भाडोमा भर्नेजस्तो कार्य होइन । अनुभव र दक्षतासँगसँगै ठाउँ प्रयाप्त हुनुपर्छ । कीर्तिपुरबासी जागृत नभईकन कुनै पनि संरचना कीर्तिपुरबासीको हुन्न । अर्को समुदायले जेष्ठ २५ गते कीर्तिपुर अस्पतालमा दुइटा मेसिन हाल्ने टुङ्गो लाग्न लाग्दा जेष्ठ २२ गते नगरप्रमुखले राखिदिन्छु भन्दै वचन दिंदा समुदायले स्वागत र धन्यवाद दिएको थियो भने हाल अषाढ १३ गते भई सक्दा पनि मेसिन कुन दूलोमा भन्ने अत्तोपत्तो छैन । कीर्तिपुरबासीको स्वास्थ्यप्रती स्थानीय सरकार जवाफदेही छैन । जनता स्वाथ्यप्रती बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुख अनिता लामाले तत्काल २५ लाखको कोष बनाई दिएको थियो भने हामीसँग प्रदेश माननीय पुकार महर्जनले विनियोजित गरिराखेको २० लाख पैसा हुँदा नि खरिद प्रक्रियामा जान नसक्नु इच्छाशक्ति नहुनु नै हो । 

प्रतिक्रिया