कीर्तिपुर-चन्द्रगिरी-दक्षिणकाली क्षेत्रीय उपसमितिले एक साथ ज्ञानमाला भजन प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय ज्ञानमाला समिती, कीर्तिपुर-चन्द्रगिरी-दक्षिणकाली क्षेत्रीय उपसमिति एहिपस्सिद्वारा आयोजित पाँचौ बृहत् ज्ञानमाला भजन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कीर्तिपुर चन्द्रागिरी र दक्षिणकाली तीनवटै नगरपालिकाका १९ वटा ज्ञानमाला भजन खल: समावेश थिए । उक्त कार्यक्रम विहान ७:०० बजेदेखि बेलुकी ८:०० बजे पुरस्कर वितरण गरि समापन गरेको थियो । पुरस्कर ४ विधामा दिईएको थियो । उत्कृष्ट गायन, लेखन, संगीत तथा भावार्थमा प्रथम छानिएको थियो । उत्कृष्ट भावार्थ बज्रयोगिनी ज्ञानमाला भजन खल: छानिएको थियो भने उत्कृष्ट संगीत तर्फ भास्तिपुर ज्ञानमाला खल: छानिएको थियो । त्यस्तै गरि उत्कृष्ट लेखन तर्फ पवित्र कुटि ज्ञानमाला भजन खल: छानिएको थियो भने अनमोल ज्ञानमाला भजन खल: गायन तर्फ उत्कृष्ट छानिएको थियो । 

उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्री"सुनिता" ज्यु, चन्द्रागिरी नगरपालिकाका घनश्याम गिरि ज्यु र दक्षिणकाली नगरपालिकाका मोहन बस्नेत ज्यु उपस्थित हुनुभएको थियो ।

प्रशान्त महासागर

प्रतिक्रिया