दृष्टिविहीन महिला टी–२० विश्वकपका उपविजेता टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोलीलाई बधाई दिएकी छन्। प्रधानमन्त्रीले सोमबार बालुवाटारमा खेलाडी तथा अफिसियललाई भेट्दै ऐतिहासिक सफलता प्राप्त गरेकोमा प्रशंसा व्यक्त गरिन्।


बैठकमा प्रधानमन्त्री कार्कीले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले सीमित साधनस्रोतका बीच विश्वस्तरमा उल्लेखनीय प्रदर्शन गर्न सकेको भन्दै गर्व व्यक्त गरिन्। उनले खेलाडीहरूको हौसला बढाउँदै सरकारले आवश्यक सहयोग प्रदान गर्न तयार रहेको पनि बताइन्।


प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा नेपाली टोली हालै श्रीलंकामा सम्पन्न विश्वकपमा उपविजेता बनेको थियो। प्रतियोगितामा नेपालले शक्तिशाली तथा साधन–स्रोत सम्पन्न देशहरूलाई समेत पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

टोलीका सदस्यहरूले पनि सरकारले थप सहयोग र पूर्वाधार उपलब्ध गराए भविष्यमा च्याम्पियन बन्न सकिने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया