मुस्ताङको चैले र चराङमा ३३ केभी सबस्टेशन निर्माण हुँने

जोमसोम—उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—१ चराङ र वारागुङ मुक्तिक्षेत्र—३ चैलेमा नेपाल विद्युत प्राधिकरणले दुई वटा अलग÷अलग ३३ केभी क्षमताको सबस्टेशन निर्माण गर्ने भएको छ ।  लामो समयदेखि  मुस्ताङमा देखिएको बिद्युतीय समस्या निराकरण गर्न तथा चिनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको कोरलानाकासम्म भरपर्दो विद्युतीय सेवा उपलब्ध गराउने उद्देश्यले प्राधिकरणले उपल्लो मुस्ताङमा दुई वटा ३३ केभी प्रशारण लाईनको विद्युत सबस्टेशन  निर्माण गर्न लागेको हो ।

 उपल्लो मुस्ताङको चराङ  र चैलेमा  ३३ केभी प्रशारण लाईनको सबस्टेशन निर्माणका लागि  नेपाल विद्युत प्राधिकरणले ठेक्का आह्वान गरिसकेको प्राधिकरणका ईन्जिनीयर विमलराज रावतले जानकारी दिए । उनका अनुसार मुस्ताङमा राख्न लागिएको दुई वटा ३३ केभी प्रशारण लाईन सबस्टेशनको ठेक्का सम्झौताको लागि कार्तिक २ गते ठेक्का आह्वान गरेको थियो । सो ठेक्काको  मंसिर १८ गते फाईनल हुनेछ । लागत र स्बस्टेशन निर्माण गर्ने कम्पनीको कार्यदक्षता भेरीफाई गरी नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौता गर्ने तयारी भईरहेका प्राधिकरणका ईन्जिनीयर रावतको भनाई छ ।‘ दुई वटा निर्माण हुने सबस्टेशनको लागत गोप्य राखेका छौं,’ईनिजनीयर रावतले भने,‘ ठेक्का प्रक्रिया टुङ्गिएपछि सबस्टेशनको लागत पनि त्यतिबेला खुल्नेछ ।’

यसैगरी  नेपाल विद्युत प्राधिकरणले ३३ केभी  विद्युत प्रशारण सबस्टेनका लागि ३३ केभी सबस्टेशन प्रशारण लाईनको काम समेत अघि बढाईसकेको छ । प्राधिकरणले मुस्ताङको थासाङ—२ कोवाङ देखि चैले हुँदै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—१ चराङसम्म १०३ किमी दुरीमा ३३ केभी प्रशारणलाईन विस्तार गर्न थालेको हो ।यसका लागि प्राधिकरणले सन् २०२५ को जुलाईमा सम्पन्न गर्नेगरी ४ महिना अघि जुलाई ६ तारिखमा ३३ केभी प्रशारण लाईनको ठेक्का सम्झौता गरेको हो । प्राधिकरण  अन्तर्गत २७ करोड ८६ लागतमा प्ररदेशी  हुलास जेभी कम्पनीले ठेक्का सम्झौता गरेको हो । यसका लागि अहिले मुसताङमा ३३ केभी प्रशारण लाईनको पोल र तार जडानको काम भईरहेको छ ।

 हाल मुस्ताङको कोवाङ मात्र विद्युत सबस्टेशन छ ।विद्युत सबस्टेशनको न्यूनमत दुरी  ५० कमी भन्दा बढी हुनु हुँदैन । तर, मुस्ताङको कोवाङबाट उत्तरी कोरलानाकासम्म ११ केभीकै प्रशारण लाईनमा विद्यमान छ । प्राधिकरणको मापदण्ड भन्दा बढी दुरी  र आवश्यक स्थानमा सबस्टेशन नहुँदा मुस्ताङमा अधिक रुपमा विद्युत समस्या झेल्नुपर्ने बाध्यता छ । हालको प्रशारण लाईन र सबस्टेशन नहुँदा जिल्लामा विद्युत भोल्टेज तलमाथि भईरहने हुनाले चारैतिर विद्युत समस्या उत्पन्न हुने गर्छ । हालको ११ केभीबाट पटकपटक समस्या देखिने गरेकाले त्यसको दिर्घकालीन समस्याको निराकरण गर्न उपल्लो मुस्ताङमा  सबस्टेशन निर्माण गर्न लागिएको प्राधिकरणका ईन्जिनीयर रावत बताउँछन् ।  कोवाङबाट उपल्लो मुस्ताङको चराङसम्म ३३ केभी प्रशारण लाईन पू¥याईने बताईएको छ । प्रशारण लाईनसंगै सबस्टेशन निर्माण भएपछि जिल्लामा देखिएको विद्युत समस्या चाँडै पत्ता लाग्ने  र यसले भोल्टेजमा समेत सुधार ल्याउने ईन्जिनीयर रावतले जनाए ।

 ११ केभी प्रशारण लाईनलाई ३३ केभी प्रशारण लाईनमा रुपान्तरण गरिसकेपछि एक स्थानमा देखिएको समस्या अर्को स्थानमा देखिन समस्याबाट मुक्त हुनेछ । हाल मुस्ताङको कोवाङबाट कोरलासम्म मुख्य र शाखा प्रशारण लाईन ११ केभीमा छ । सबस्टेशन जडानपछि जिल्लामा कहाँनेर विद्युत समस्या आएको हो,त्यो पत्ता लगाएर मर्मत गर्न सकिने बताईएको छ ।

मुस्ताङका ३३ केभी प्रशारण लाईन विस्तार तथा सबस्टेन निर्माण योजना अघि बढ्नु मुस्ताङबासीका लागि गौरवको विषय भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए । उनले लामो समय देखि मुस्ताङले भोग्नु परेको विद्युत समस्या अब चाँडै अन्त्य हुने विश्वाश व्यक्त गरे । यसअघि मुस्ताङका एक ठाउँमा विद्युत समस्या उत्पन्न हुँदा पुरै जिल्ला अन्धकार हुने गरेको उल्लेख गर्दै अध्यक्ष बिष्टले ३३ केभी सबस्टेशन तथा प्रशारण लाईनको योजना पुरा भए पञ्चात मुस्ताङको औधोगिक विकास समेत टेवा पुग्ने जनाए ।


प्रतिक्रिया