नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण


काठमाडौं । नवनियुक्त चार मन्त्रीहरूले सोमबार शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति समक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महाविर पुन,
उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्व न्यायाधीश अनिलकुमार सिंह,
कृषि मन्त्रीमा डा. मदन परियार,
र सञ्चार, सूचना तथा प्रविधिमन्त्रीमा जगदीश खरेल नियुक्त भएका छन् ।

प्रतिक्रिया