आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको हो ।

विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने बताइएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।

प्रतिक्रिया