जोमसोम—मुस्ताङका दुई दजर्न बढी समस्यालाई निराकरण गर्न माग राख्दै बुझाईएको ज्ञापन—पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तोक आदेश दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ आएको बेला बुझाईएको ज्ञापन—पत्रहरुको सम्वोधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्वन्धित मन्त्रालय र विभागलाई पत्रचार गरी तोक आदेश दिईएको हो ।
सोमबार मुस्ताङको जोमसोममा आयोजित नेकपा माओवादी केन्द्रको जनतासंग माओवादी,विशेष रुपान्तरण अभियानको समापन कार्यक्रममा यसअघि प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठ समक्ष पेश गरिएका ज्ञापन—पत्रलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कार्यान्वयनका लागि तोक आदेश दिएको बताईएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजनाद्धारा गत असोजमा मुस्ताङको जोमसोममा आयोजित जलवायु सम्वाद कार्यक्रममा प्रधानमन्त्री दाहाललाई समक्ष पेश गरिएका ज्ञापन पत्र र कागबेनी बाढी प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा गृहमन्त्री श्रेष्ठलाई बुझाईएका ज्ञापनपत्रहरुलाई मार्ग प्रसस्त गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्वन्धित निकायहरुलाई तोक आदेश दिएको माओवादी केन्द्र मुस्ताङका संयोजक धिरेन्द्र ल्वागुनले जानकारी दिए ।
प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठलाई अगल अलग बुझाईएको ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कार्यान्वयनका लागि ढोका खोलिएको दिएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ङुटुक गुरुङ(टाईगर)ले बताए । मुस्ताङका लागि दिर्घकालिन रुपमा देखिएको महत्वपूर्ण समस्याहरुलाई लिएर जिल्लाका जनप्रतिनिधि,कर्मचारी र स्थानीयबासीले दुई दर्जन बढी माग उठाएको र सोको कार्यान्वयनका लागि सम्वन्धित मन्त्रालय र विभागमा सरकारद्धारा पत्रचार गरी तोक आदेश भएको प्रदेश कमिटी सदस्य गुरुङले उल्लेख गरे । उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रबाट फुकुवा गर्नुपर्ने,वारागुङ—३ छुसाङका ५ गाउँलाई निषेधित तथा नियन्त्रित क्षेत्रबाट मुक्त गर्नुपर्ने, अन्नपूर्ण संरक्षण क्षेत्रका कारण यहाँका प्राकृतिक श्रोतसाधन ढुङ्गा गिट्टी ,बालुवाहरुको उत्खनन्,संकलन तथा बिक्री वितरणका लागि वातावरण प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन(आईई) प्रक्रियालाई सहज र सरल बनाईपर्ने,कोरलानाका खोल्न पहल गर्नुपर्ने,कालिगण्डकी नदीको तटीय क्षेत्रका बस्ती नदी उकासका कारण उच्चजोखिममा रहेकाले त्ससको दिर्घकालिन समस्या सामाधान गर्न,जलवायु परिवर्तनका कारण मुस्ताङले भोग्नु परेका समस्या प्राकृतिक विपत्ती ,भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या र चुनौती र त्यसको अनुकुलन तथा समाधान गर्न र मुस्ताङका धार्मिक ,सांस्कृतिक र परम्परागत रुपमा देखिएका समस्याहरु लगायतका विषयमा पेश गरिएका ज्ञापनपत्रमा सरकारले मार्ग प्रसस्त गर्न प्रारम्भिक चरणको बाटो खुलेको प्रदेश कमिटी सदस्य गुरुङले जानकारी दिए ।
मुस्ताङका महत्वपूर्ण विषयमा पेश गरिएका ध्यानआर्कषण पत्रहरुलाई प्रधानमन्त्री दाहालले सुनुवाईका लागि तोक आदेश भएको अर्का प्रदेश कमिटी सदस्य विश्वप्रेम ताङ्वेले जानकारी दिए । ‘सबै विषयगत मन्त्रालयहरुमा तोक आदेश सर्कुलर भईसकेको छ,कार्यान्वयन हुनेमा हामी विश्वस्त छौं,प्रदेश कमिटी सदस्य ताङ्वेले भने,‘ यद्यपी यसलाई निरन्तर फलो गर्नुछ,सम्वन्धित मन्त्रालयको ध्यानआर्कषण गर्नुपर्ने हुन्छ,हामी उल्लेखित कायमा निरन्तरण लागि पर्नेछौं ।’
प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठ समक्ष मुस्ताङबाट पेश गरिएका ज्ञापनपत्रलाई नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तोक आदेश दिएको प्रतिलिपी सरकारवाला निकायहरुलाई हस्तान्तरण गरिएको माओवादी केन्द्रका जिल्ला सचिव करन ताङ्वेले जानकारी दिए ।
यसैगरी नेकपा माओवादी केन्द्र मुस्ताङले आफ्नो ४ महिना लामो नेकपा माओवादी केन्द्रको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको बुधबार समापन गरेको छ ।घरघरमा माओवादी,जनजनमा माओवादी नारासहित गत भदौ ५ गते सुरु गरिएको अभियान बुधबार समापन गरिएको हो । समापन कार्यक्रममा माओवादी केन्द्र मुस्ताङका संयोजक धिरेन्द्र ल्वागुन,प्रदेश कमिटी सदस्य ङुटुक गुरुङ टाईगर,प्रदेश कमिटी सदस्य विश्वमोहन ताङ्वे,चन्द्रबहादुर थकाली लगायतले बोलेका थिए ।
माओवादी केन्द्र मुस्ताङको ४ महिना लामो जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको अगुवाई पार्टी जिल्ला ईञ्चार्ज एवं केन्द्रिय सदस्य कपिल लामाले गरेका थिए ।