मुस्ताङमा पनि भित्र्याईयो फूलपाती

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा पनि शनिबार धार्मिक परम्परा अनुसार दशैं पर्वको फूलपाती भित्र्याईएको छ । नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीले  आ—आफ्नो शक्तिपीठमा फूलपाती भित्र्याएका हुन् ।

मुस्ताङको जोमसोम स्थित नारायण दल गणबाट नेपाली सेनाले नवरात्रको पहिलोदिन घटस्थापनामा  राखिएका फूलपातीलाई बाँजागाँजासहित जोमसोमको गणेश मन्दिरमा पू¥याएको थियो ।यसैगरी जोमसोम स्थित सशस्त्र प्रहरी बल ३३ नं. गुल्म र जिल्ला प्रहरी कार्यालयले बाँजागाँजासहित आ—आफ्नो फूलपाती गणेश मन्दिर पू¥याएका थिए ।

यसरी लगिएको फुलपाती गणेश मन्दिर पू¥याएपछि ३ वटै सुरक्षा निकायका पुरोहितले पुजाआजा गरेका थिए । फूलपातीको हिन्दु धार्मिक परम्परा अनुसार पुरोहितले पुजापाठ गरेपछि नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले भगवती सलामी अर्पण गरेका थिए । फूलपाती भित्र्याउने कार्यक्रममा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको उपस्थिती रहेको जनाईएको छ ।


जिल्ला प्रहरी कार्यालय मुस्ताङका पुरोहित दिपकराज पौडेलले फूलपाती भित्र्याउने कार्यक्रमले दशै पर्व विधिवत सुरु भएको सन्देश प्रवाह गर्ने उल्लेख गरे ।उनका अनुसार नवरात्र अवधिभर नवदुर्गा भवानीको नियमित पुजाआजा हुने नवपत्र अर्थात नौ प्रकारका वस्तु मिश्रण गरिएको फूलपाती नजिकैको शक्ति पीठमा पुजाआजा गरेपछि पूनः आआफ्नो स्थानमा भित्र्याउने प्रचलन रहेको छ । मुस्ताङमा सेना,सशस्त्र र प्रहरीले आ—आफ्नो दुर्गा मन्दिरमा फूलपाती भित्र्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका पुरोहित पौडेलको भनाई छ । 

फूलपातीमा धान,हलेदोको पात,उखुको पात,वेलपत्र, केराको पात,अदुवा,कुभिन्डो केराल आदी  नौ प्रकारको वस्तु समावेश गरिएको हुन्छ । नवरात्र सुरु भएदेखि घटना स्थापनाको दिनसम्म नियमित आ—आफ्नो स्थानको दुर्गा मन्दिरमा फूलपातीको नियमित पूजाआजा गरिने पुरोहित पौडेलले बताए । यसरी नवरात्रको आठौं दिन कालरात्रीको पुजा हुने र कालरात्रीमा कालो बोको बली दिने चलन छ । यस्तै, नवमीमा नवमी पुजा हुने र दशै पर्वको दिन देवीलाई विर्सजन गरिने उनले बताए ।


 मुस्ताङको जोमसोममा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाँजागाँजासहित फूलपाती भित्र्याउने कार्यक्रमलाई जोमसोमका स्थानीय नागरिक र पर्यटकले निकै उत्सुकतापूर्वक अवलोकन गरेका थिए ।


प्रतिक्रिया