काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गर्दै कानुनी, प्रशासनिक तथा संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ । साथै वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को कार्ययोजनाअन्तर्गतका दायित्वहरू पूरा गर्ने चरणमा नेपाल रहेको जनाएको छ ।
कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको महासन्धि (UNCAC) पक्षराष्ट्रहरूको ११औँ सम्मेलनमा सहभागिता जनाउँदै नेपालले उक्त धारणा सार्वजनिक गरेको हो ।
मङ्गलबार सम्मेलनलाई सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले सुशासनलाई सुदृढ बनाउने उद्देश्यसहित अन्तरिम सरकार गठन भएको उल्लेख गर्दै वर्तमान सरकारले पारदर्शिता र उत्तरदायित्वलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे ।
दोहास्थित नेपाली राजदूतावासका अनुसार सचिव कार्कीले संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको महासन्धिप्रति नेपालको प्रतिबद्धता पुनः दोहोर्याउँदै पदको दुरुपयोग, घुसखोरी, सम्पत्ति शुद्धीकरण तथा अवैध सम्पत्ति आर्जनलाई अपराधका रूपमा परिभाषित गरी नियन्त्रण गर्न सरकारले थालेका कानुनी तथा नीतिगत प्रयासबारे सम्मेलनलाई जानकारी गराएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार