काठमाडौँ । प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याइएको आरोपमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको जावलाखेलबाट बुधबार पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिवकुमार श्रेष्ठले दिएका छन्।
उनीमाथि प्रभु बैंकलाई आर्थिक क्षति पुर्याउने उद्देश्यले गरिएको गतिविधिमा संलग्न भएको आरोप छ। यसअघि पनि सोही प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले प्रभु बैंकका तत्कालीन सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइरहेको थियो।
पक्राउ परेका उनीहरूमाथि बैंकिङ कसुर ऐनअनुसार म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, ललितपुर प्रहरीले हालै लक्ष्मी बैंकसम्बन्धी केही गतिविधिका विषयमा पनि प्राथमिक जानकारी संकलन गरिरहेको बताइएको छ, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
प्रभु बैंकमा देखिएको अनियमितता प्रकरणमा प्रहरीले थप अनुसन्धान अघि बढाएसँगै यसबारे नयाँ तथ्यहरू बाहिर आउने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय