काठमाडौंका आठ स्थानमा छठ पर्वको उल्लासपूर्ण तयारी


काठमाडौं, नोभेम्बर ६ – तिहारको समापनसँगै काठमाडौँ महानगरपालिकामा छठ पर्वको विशेष तयारी सुरु भएको छ। सूर्यदेवको आराधना गरिने छठ पर्वको महत्व झल्काउँदै महानगरले काठमाडौंका आठ प्रमुख स्थानमा पर्व व्यवस्थापनका लागि विशेष तयारी गरेको छ।


तराईमा विशेष रूपमा मनाइने छठ पर्व अहिले काठमाडौँ लगायतका पहाडी र हिमाली क्षेत्रमा पनि लोकप्रिय बन्दै गएको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अर्घ्य दिई मनाइने यो पर्वले मानव र सूर्यबीचको सम्बन्ध र प्राकृतिक सहअस्तित्वको प्रतीकका रूपमा स्थान पाएको छ।


छठ पर्वको लागि काठमाडौं महानगरपालिकाले निम्न स्थानहरूमा पोखरी सरसफाइ, रंगरोगन, र पर्व स्थल व्यवस्थापनका कामलाई तीव्रता दिएको छ:



1. गौरी घाट, वडा ८

2. कोटेश्वर दोभान, वडा ३२

3. कमल पोखरी, वडा १

4. वंशीघाट, वडा ११

5. बालाजु बाइसधारा, वडा १६

6. धौखेल खोला, वडा १३

7. कुमारी क्लब, वडा १४

8. भुवनेश्वरी मन्दिर, वडा १४


महानगरपालिकाले पर्व स्थलहरूको सरसफाइ, सजावट, र व्यवस्थापनमा प्राथमिकता दिएको छ भने सम्बन्धित वडाहरूले पनि प्रत्यक्ष रूपमा सहयोग पुर्‍याइरहेका छन्। छठ पर्वको माध्यमबाट सद्भाव, आस्था, र संस्कृति झल्काउने यो प्रयासमा महानगरले नागरिकहरूको सहभागिता र सहयोगको पनि अपेक्षा राखेको छ।

प्रतिक्रिया