प्रधानमन्त्री ओलीको चीन भ्रमण: ग्रेट हल अफ पिपलमा औपचारिक स्वागत

चीनको औपचारिक भ्रमणमा रहेका नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले आज ग्रेट हल अफ पिपलमा गरिमामय स्वागत गरे। यस अवसरमा चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री ओलीलाई 'गार्ड अफ अनर' प्रदान गर्‍यो। समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए।

प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरूको परिचय गराएका थिए। त्यसपछि, चिनियाँ प्रधानमन्त्रीले पनि आफ्नो नेताहरूको परिचय गराएका थिए। अहिले दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता जारी रहेको छ, जसको पश्चात हस्ताक्षर समारोह हुनेछ।

प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल मंसिर १७ गते बेइजिङ पुगेको थियो। भ्रमण दलमा पहिलो महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, संघीय सांसद्हरू, विशिष्ट सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मीहरू पनि समावेश छन्।

यो भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया