सोडियम पानी

तिमी त्यो फलाम हौ

जस्को समुचितता

औजार हौ

हिजो हामीले हतियारका कुरा गरेका थियौं

समयको काँचुलीले 

हामीमा 

थोरै बहुत

परिवर्तन छाएको थियो

आज आफ्नै

भित्री 

नूनपानीको घोलले 

पत्रका पत्र खिया लाग्न दिई रमेका छौं

घोट्न बिर्सिने स्वार्थ

ओझेल हुन रमेका छौं....

प्रतिक्रिया