नेपालभर उल्लासमय होली: सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह

काठमाडौं, फागुन २९ – नेपालका पहाडी तथा हिमाली क्षेत्रमा आज रंगहरूको पर्व होली उल्लासमय वातावरणमा मनाइँदैछ। आपसी प्रेम, सौहार्द र मेलमिलापको प्रतीकका रूपमा रहेको यो पर्व विशेष गरी रंग, अबिर, पानी तथा सांगीतिक रमझमका साथ मनाउने गरिन्छ।


राजधानी काठमाडौंसहित देशभरका मुख्य सहरहरूमा बिहानैदेखि होली खेल्नेहरूको उत्साहजनक सहभागिता देखिएको छ। दरबारमार्ग, बसन्तपुर, ठमेल, ललितपुर, भक्तपुरलगायतका स्थानहरूमा स्थानीयबासी तथा पर्यटकहरूले रंग र अबिरका साथ होली मनाइरहेका छन्।


यसैबीच, आमा दर्शन न्यूज का निर्देशक सूर्य राय ले होली पर्वको शुभकामना दिँदै, सबैलाई सुरक्षित, मर्यादित र स्वच्छ रूपमा पर्व मनाउन आग्रह गर्नुभएको छ। उहाँका अनुसार होली आपसी मेलमिलाप, सामाजिक सद्भाव र संस्कृतिको प्रतिनिधित्व गर्ने पर्व भएकाले यसको मौलिकता जोगाउँदै मनाउन आवश्यक छ।


सुरक्षालाई प्राथमिकता

होलीको अवसरमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा निकायहरूले निगरानी बढाएका छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार प्रमुख स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मदिरा सेवन गरी अभद्र व्यवहार गरेमा कडा कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ।


तराई-मधेशमा भोलि मनाइने

नेपालका तराई-मधेश क्षेत्रमा भने होली भोलि  हर्षोल्लासका साथ मनाइनेछ। तराई क्षेत्रमा विशेष रूपमा बिहान पूजापाठ गरी दिउँसो होली खेल्ने परम्परा रहिआएको छ।


होली पर्वको अवसरमा आमा दर्शन न्यूज सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीलाई सुरक्षित र मर्यादित रूपमा पर्व मनाउन आग्रह गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।


— आमा दर्शन न्यूज

प्रतिक्रिया