मुस्ताङमा विना अनुमती ल्याईएका ८ थान संञ्चार उपकरण बरामद

जोमसोम—मुस्ताङ प्रहरीले विना अनुमती पत्र ल्याईएका ८ थान वाउफिङ कम्पनीको हेन्डसेट (संञ्चार उपकरण) वरामद गरेको छ ।म्याग्दी र मुस्ताङ सीमाना घाँसामा प्रहरी चौकीले नियमित चेकजाँच गर्ने क्रममा बुधबार १० जना भारतीय पर्यटकको साथबाट विना अनुमतीका  हेन्डसेटहरु वरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले पोखराबाट म्याग्दी हुँदै मोटरसाईकलमा मुस्ताङ आउँदै गरेका भारतीय पर्यटकको साथबाट संञ्चार प्रयोजनका लागि ल्याईएका  विना अनुमती पत्रका ८ थान हेन्ड सेट वरामद भएको बताए । भारतबाट हिमालय बुलेट,कावासाकी र डुक कम्पनीको १० वटा मोटरसाईकलमा यात्रा गर्दै आएका १० जना भारतीय पर्यटकको हेन्टसेट वरामत भई जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई प्राप्त भएको प्रहरी नायव उपरीक्षक पाण्डेले उल्लेख गरे ।

मोटरसाईकलमा सुवाराङ,डटर्सर सुरुकार्य,मदससिंह र वसुमाताराय लगायत भारतीय छन् ।


प्रतिक्रिया