जेठ ३०, काठमाडौं | आमा दर्शन न्युज
हिमाली क्षेत्रमा आधारित जलविद्युत आयोजना सञ्चालक हिम स्टार उर्जा कम्पनी लिमिटेड ले आज जेठ ३० गतेदेखि प्राथमिक शेयर (IPO) निष्काशन सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्टै समूहमा शेयर निष्काशन सुरु गरेको हो।
कम्पनीले रु ३७ करोड ३० लाखको जारी पूँजीमध्ये ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने ९३ हजार २५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको हो।
आयोजना प्रभावित क्षेत्र
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं. ८ (साविक भुसिङ्गा गाविस) र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २ (साविक गोली गाविस वडा नं. १–५) का स्थानीय बासिन्दाले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
आवेदन छिटोमा असार १३ गते र ढिलोमा असार २९ गतेसम्म दिन सकिनेछ।
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि
नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले असार १३ गतेभित्र C-ASBA प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
शेयर मूल्य र आवेदन सीमा
-
प्रति शेयर मूल्य: रु १००
-
न्यूनतम आवेदन: १० कित्ता
-
अधिकतम आवेदन: १०,००० कित्ता
📉 कम्पनीको आर्थिक स्थिति
ICRA Nepal ले कम्पनीलाई BB- (Double B Minus) रेटिङ दिएको छ, जसले औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ रहेको छ।
-
लगानी फिर्ता अवधि: ७.१४ वर्ष
-
Discounted Payback Period: ११.७५ वर्ष
-
बिजुली उत्पादन अनुमतिपत्र बाँकी: २७.७ वर्ष
आवेदन स्थल
-
स्थानिय बासिन्दाले सिटिजन्स बैंक इन्टरनेशनल, महिला भवन, जनस्वास्थ्य भवन तथा वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
-
वैदेशिक रोजगारीमा रहेका नेपालीले C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाबाट अनलाइन आवेदन दिन सक्नेछन्।
✍ सम्पादक: आमा दर्शन न्युज डेस्क
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता