वि.सं. २०३३ साल अषाढ १५ गते, कीर्तिपुर–२ देवढोकाको आँगनमा जन्मिएकी सुमित्रा महर्जनले जीवनको हरेक मोडमा शिक्षा, माया र मानवीय संवेदनाको उज्यालो फैलाउँदै आउनु भएको छ । आमा स्व. श्रीमती पूर्णकुमारी महर्जन र बुवा स्व. श्री सिद्धिबहादुर महर्जनको स्नेहमयी संस्कारले उहाँको व्यक्तित्वमा दृढता र सहानुभूतिको बीज बिजारोपण गरिएको छ । दिदी रेणुका महर्जन, भाइहरू सुनिल महर्जन र सुजन महर्जनसँगको बाल्य सम्झनाले उहाँको जीवनलाई सदैव उर्जाशील बनाई राखेको छ ।
जीवनसंगिनीको रूपमा श्रीमान अमन महर्जन ज्युमा समर्पित भई र सन्तानका रूपमा छोरीहरू स्मृति महर्जन र आज्ञाश्री महर्जन हुनु, उहाँको संसारको सबैभन्दा ठूलो प्रेरणा हो, स्विकार्नुहुन्छ ।
पेशा मात्र होईन्, शिक्षण सुमित्राजीको जीवनको धडकन हो । “शिक्षा र शिक्षणको माध्यमबाट असल समाजको निर्माण” यो वाक्य उहाँको जीवनको मूल मन्त्र बनेको छ । मंगल माध्यमिक विद्यालय, कीर्तिपुर र Lit World जस्ता संस्थामा आबद्ध रहँदै, उहाँले असंख्य बालबालिकाको भविष्यमा आशाको ज्योति बाल्नु भएको छ ।
सुमित्रा महर्जन केवल एक शिक्षिका मात्र होइन्, एक संवेदनशील मार्गदर्शक पनि हुन् । अभिभावकत्व (Good Parenting) र मनोपरामर्शमा रुचि राख्दै उहाँले धेरै अभिभावक र बालबालिका बीचको सम्बन्धलाई मजबुत पार्ने कार्य गर्दै आउनुभएको छ । उहाँको सरल तर गहिरो सुझावहरूले धेरैलाई जीवनका कठिन मोडमा सही बाटो देखाएको छ ।
जीवनमा अभिभावक गुमाउनु गहिरो पीडाको अनुभव हो । तर यही पीडालाई उर्जा बनाएर उहाँले हरेक बालबालिकामा माया, सुरक्षा र शिक्षा भरिपूर्ण वातावरण सिर्जना गर्न आफ्नो सम्पूर्ण प्रयास समर्पण गर्नुभयो ।
अन्तमा, आफुलाई स्नातकोत्तरबाट सुसज्जित पार्नु भएकी सुमित्रा महर्जनको जीवन एक खुला किताब जस्तै छ जहाँ प्रत्येक पृष्ठमा माया, शिक्षाको उज्यालो र समाजप्रतिको जिम्मेवारीको कथा अंकित छ । उहाँको मुस्कानमा आशा छ, शब्दमा प्रेरणा छ र कर्ममा उज्यालो छ । यस्ता व्यक्तित्वहरूकै कारण समाज अझ सभ्य, संवेदनशील र उज्वलताको शिखर बन्दै गएको छ । सद्गुणी सहयोगी स्नेही मनुष्यको रुपमा अहम् त्यागी गर्व गर्ने बाटोमा लम्किरहेकी एक सामाजिक पात्र सुमित्रा महर्जन हुन् । समाजको लागि आवश्यक शक्ति विचार सुमित्रा महर्जन हुन् । उहाँको स्याहारसुसार समाजले गर्नुपर्छ । सुमित्रा महर्जन, शिक्षा समाजको दियो हो, जसको उज्यालोले भविष्यको बाटो देखाउँछ । अहम् होईन् गर्वको कुरा गर्नुपर्दा काठमाडौं जिल्ला, कीर्तिपुरस्थित मंगल उमावि विद्यालयकी निष्ठावान र कर्मनिष्ठ शिक्षिका उहाँलाई, राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०६९ को पावन अवसरमा, सामुदायिक विद्यालयतर्फ प्राथमिक तहका उत्कृष्ट शिक्षिका घोषित गर्दै, जिल्ला शिक्षा समितिले सम्मानित गरेको छ । यो सम्मान केवल कागजमा अङ्कित अक्षर मात्र होईन् । उहाँले विद्यार्थीसँग बाँडेकी ज्ञान–ज्योति, माया र अनुशासनको प्रतिफल हो । उहाँको समर्पणले कोपिलालाई फूल बन्न सिकाएको छ भने सपनाको संसारमा उड्न पखेटा फिजाउने कला निपुणता प्रदान गर्दै कर्तव्य निभाई रहनुभएको छ ।
जिल्लाको समग्र शैक्षिक विकासमा निरन्तर लागी रहनुभएको योगदानलाई उक्त पदकले कदर गरेको छ । र भविष्यमा पनि उहाँकै योगदानबाट शिक्षा–प्रकाश अझ उज्यालो हुने आशा, समाजले लिएको छ । सुमित्रा महर्जन अब केवल एक शिक्षिकाको परिचय मात्र रहेनन् । शिक्षाको पवित्र यात्रामा समर्पण र उत्कृष्टताको पर्याय रुपमा परिचित हुनुभएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता