बङ्गलादेश— संयुक्त राष्ट्रसंघले शेख हसिनाको शासनकालमा सरकार विरोधी प्रदर्शनका क्रममा १,४०० जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ। राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले जुलाई १ देखि अगस्ट १५ सम्मको ४५ दिनको अवधिमा यो मृत्युको संख्या पुगेको अनुमान गरेको हो।
राष्ट्रसंघको प्रतिवेदनअनुसार, बङ्गलादेशको अन्तरिम सरकारले यसअघि प्रदर्शनका क्रममा ८३४ जनाको ज्यान गएको जनाएको भए पनि वास्तविक संख्या धेरै उच्च रहेको छ।
प्रतिवेदनले शेख हसिनाको सरकारमाथि मानवताविरुद्धका अपराध, हत्या, यातना र अन्य अमानवीय कार्यहरूमा संलग्न रहेको आरोप लगाएको छ। सरकारले अवामी लिग र बङ्गलादेशी सुरक्षा बलका सदस्यहरूसँग मिलेर विरोध प्रदर्शनमा सहभागी आन्दोलनकारी र सर्वसाधारणमाथि व्यापक आक्रमण गरेको दाबी गरिएको छ।
गएको अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो। आन्दोलनपछि हसिना छिमेकी देश भारतमा शरण लिइरहेको बताइएको छ।
राष्ट्रसंघले यस घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै अन्तर्राष्ट्रिय मानव अधिकारको संरक्षणमा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय