हङकङ — करिब ५ हजार मानिस बसोबास गर्ने एक ठूलो आवासीय कम्प्लेक्समा लागेको आगो १९ घन्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन। ३२ तले भवनबाट सुरु भएको आगलागीमा हालसम्म ४४ जनाको मृत्यु, ६२ जना घाइते, र २७९ जना अझै बेपत्ता रहेका प्रारम्भिक विवरण छन्।
एजेन्सी एपीका अनुसार कम्प्लेक्सका आठमध्ये सातवटा भवन आगोले पूर्ण रूपमा घेरेका कारण उद्धार र नियन्त्रण दुवै चुनौतीपूर्ण बनेका छन्। घटनास्थलमा ठूलो संख्यामा दमकल, सुरक्षाकर्मी, उद्धारकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।
१२ मङ्सिर २०८२, बिहिबार ०९:५८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता