काठमाडौं। भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले उनको राजीनामा स्वीकृत गरेकी छन्।
विज्ञप्तिअनुसार प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको छ। उनी हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन्।
धर्मेन्द्र प्रधानविरुद्ध **कक्रोच जनता पार्टी (सीजेपी)**ले दिल्लीस्थित जन्तरमन्तरमा करिब एक महिनादेखि निरन्तर प्रदर्शन गर्दै आएको थियो। शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्तापछि सीजेपीले आन्दोलन स्थगित गर्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेको जनाएको छ।
पार्टीका प्रवक्ता आशुतोष राङ्काले आफ्ना प्रमुख मागहरू सम्बोधन भएको दाबी गर्दै थप शिक्षा सुधारका विषयमा चार सातापछि पुनः छलफल हुने जानकारी दिएका छन्।
नीट (NEET) पेपर लीक प्रकरणपछि देशभर विद्यार्थी र युवाहरूले शिक्षामन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका थिए। वातावरणीय अभियन्ता सोनम वाङचुकले समेत धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै २६ दिनसम्म आमरण अनशन बसेका थिए।
राजीनामापछि धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्स (X) मार्फत देशको एकता, विद्यार्थीको भविष्य र शैक्षिक वातावरणलाई प्राथमिकता दिँदै आफूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताएका छन्। उनले कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस् र उनीहरू अध्ययन तथा करियर निर्माणमा केन्द्रित हुन सकून् भन्ने उद्देश्यले यस्तो निर्णय लिएको उल्लेख गरेका छन्।
यता, सीजेपीका संस्थापक अभिजित दीपकले धर्मेन्द्र प्रधानको राजीनामालाई आन्दोलनको सफलता भएको दाबी गर्दै लोकतान्त्रिक आन्दोलनले परिणाम दिन सक्ने सन्देश दिएको बताएका छन्।
यसअघि कांग्रेससहित भारतका प्रमुख विपक्षी दलहरूले पनि नीट पेपर लीक प्रकरणको नैतिक जिम्मेवारी लिँदै धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता