आपसी मेलमिलाप, सद्भाव र सहयोगको वातावरण जहाँ क्रोध, भय, लोभ ध्यान साधनाबाट रुपान्तरित सत्कर्म कलहहिन परिवेशकोरुपमा अनुशरण गर्न सकिन्छ । शान्ती त्यही हो ।
उहाँ, वि.सं. २०३८ साल कार्तिक २४ गते, कीर्तिपुर-०५, पांगा ढोकाफल टोलमा जन्मनु भएको शान्ती श्रेष्ठको जीवन एउटा स्पष्ट लक्ष्य रअटल ध्येयका साथ अघि बढिरहेको छ । शिक्षाको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने उहाँको सपना बाल्यकालदेखि नैअंकुरिएको थियो । स्नातकसम्मको अध्ययन सम्पन्न गरेर पनि उहाँले आफ्नो ज्ञान र सीपलाई केवल व्यक्तिगत प्रगतिको लागि मात्रनभई, गाउँ र समाजको उज्वल भविष्यको लागि अर्पण गर्ने अठोट गर्नुभयो ।
उहाँले कम्प्युटर अपरेटर र ग्राफिक डिजाइनरको रुपमा पेशागत यात्रा अघि बढाइरहनु भएको छ । उहाँको हृदय सधैं शिक्षा, सेवा रसमाजकै वरिपरि घुमिरहेको छ । आफुसँग भएको शैक्षिक दक्षताले भविष्यमा नयाँ पुस्तालाई ज्ञान, अनुशासन र प्रेरणाको बाटो देखाउनेउहाँको लक्ष्य छ । उहाँ विश्वास गर्नुहुन्छ कि “शिक्षा भनेको केवल किताबको अक्षर मात्र होईन्, मानिसको सोच, संस्कार र चरित्रलाईदिशा दिने शक्ति हो।” शान्ती श्रेष्ठ शिक्षा, सेवा र समर्पणको उज्यालो नाम हो ।
शान्ती श्रेष्ठको जीवनमा बुबा हिराकाजी श्रेष्ठ र आमा सरस्वतीको अमूल्य संस्कार, दाइ मधुकर र भाइ अनिष अनि दिदीहरु हिरानानी, नम्रता र सानी आफू हुर्किन पाउनुलाई शौभाग्य ठान्नुहुन्छ । श्रीमान कृष्णचन्द्र श्रेष्ठको साथ अनि पारिवारिक हौसला नै प्रेरणाका स्रोतहुन् । परिवारको माया र समर्थनले उहाँलाई सधैं अघि बढ्न ऊर्जा दिएको छ, भन्नुहुन्छ ।
राजनीतिलाई कुर्सिको खेल ठान्दै आफुले गर्न सक्ने क्षमतायुक्त दक्षाता दर्शाउनु कर्तव्य मान्दै त्यसको पालना सहृदय स्विकार्नुलाईदायित्व ठान्नुहुन्छ । शान्ति, सचेतना र सेवाको बाटोमा अघि बढ्दै, धर्म, संस्कृति र सामाजिक एकतालाई जोगाउने, सुदृढ गर्ने कार्यमाउहाँको संलग्नता उल्लेखनीय छ । गाउँको हरेक सुखदुःखमा साथ दिने, सहयोगी मन र जिम्मेवार नागरिकको रुपमा उहाँको पहिचानस्वरुप मनन गर्न सकिन्छ ।
अन्तमा, स्नातकसम्मको शैक्षिक दोसल्लाले आफुलाई सम्मानित गर्न सफल भएकि शान्ती श्रेष्ठ खाना पकाउने शौखले आफुलाई हरेकपरिस्थितिमा उत्साही र जीवन्त राखेको छ । उहाँको दृष्टिमा, जीवन भनेको निरन्तर सिकाइ, सेवा र प्रेमको यात्रा हो जहाँ अरूको खुशीमाआफ्नो खुशी खोज्नुपर्छ । शान्ती श्रेष्ठ केवल एक नाम मात्र होईन् यो त्यस्तो व्यक्तित्व हो जसको सपना, श्रम र समर्पणले आफ्नो गाउँ, समाज र राष्ट्रलाई उज्यालो र आशाको दिपशिखा प्रदान गर्ने क्षमता हो । समाज द्वन्दमा होईन् सद्भाव र समर्पण हुर्किनुपर्छ भन्नेसोच्नुहुन्छ । उहाँको कदर समाजले गर्नुपर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर