काठमाडौँ, कात्तिक १७। नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्जर) प्रक्रिया अघि बढाइएको छ। नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालन भइरहेका ग्यास उद्योगलाई एकीकृत गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।
हाल नेपालमा विभिन्न नाम तथा ब्रान्डमा गरी ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा ग्यास उद्योगहरूलाई मर्जर गर्ने प्रक्रिया अघि बढाइएको निगमले जनाएको छ।
उद्योगहरूको एकीकरणबाट ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउने, बजार व्यवस्थापन प्रभावकारी बनाउने तथा उद्योग सञ्चालनमा देखिएका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
ग्यास उद्योग मर्जरको प्रक्रिया कार्यान्वयनमा आएमा नेपालको एलपी ग्यास बजारको संरचना र व्यवस्थापनमा महत्वपूर्ण परिवर्तन आउन सक्ने देखिन्छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता