साताको दोस्रो कारोबार दिन नेप्से बढेर बन्द भयो

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। कारोबार अवधिको अधिकांश समय करिब स्थिर रहेको नेप्सेअन्तिमसमयमा हाइ क्याप कम्पनीमध्ये एक एनटिसी अर्थात नेपाल टेलिकमको शेयरमूल्य बढेसँगै बढेको हो।


सोमबार नेप्से परिसूचक १४.५७ अंक बढेर २०७६.२७ विन्दुमा पुगेको छ। त्यसैगरीयस दिन सेन्सेटिभ इण्डेक्स .९५ अंक बढेको  भनेफ्लोट इण्डेक्स .४९ अंक  सेन्सेटिभ फ्लोट इण्डेक्स .८८ अंक बढेको छ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन  अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१०स्टकको ५६ हजार ७७५ पटकको कारोबारमा  अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

सोमबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल टेलिकमपिपुल्स पावर  समाजलघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरीयस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य करिब १०प्रतिशत बढेको  भने गुराँस लघुवित्तको शेयरमूल्य साढे  प्रतिशतभन्दा बढी बढेको छ। यस दिन स्वाभिमान लघुवित्तको शेयरमूल्य भनेसर्वाधिक .७८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ५९ लाखरुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरीयस दिन ङादी ग्रुप पावरको करिब साढे १५ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन  उपसमूहको परिसूचक बढेको  भने  उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहकोपरिसूचक सर्वाधिक .६८ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटनउत्पादन तथा प्रशोधनम्युचुअल फण्ड निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको छ! 

प्रतिक्रिया