माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर १४ गते वार्षिक साधारण सभा
१३ मङ्सिर २०८१, बिहिबार १०:०६ मा प्रकाशित
आर्थिक न्यूज़
काठमाडौं, – माई खोला हाइड्रोपावर लिमिटेडले आगामी मंसिर १४ गते आफ्नो वार्षिक साधारण सभा (AGM) आयोजनाको घोषणा गरेको छ। यस वर्ष कम्पनीले कुनै लाभांश प्रस्ताव गर्ने निर्णय नगरेको छ।
साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका प्रमुख विषयमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकको नियुक्ति र उनका पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ।
कम्पनीले साधारण सभा आयोजनाका लागि कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ। त्यस अनुसार, कात्तिक २८ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा सहभागी हुन सक्षम हुनेछन्।
सभाको कार्यक्रम काठमाडौँको स्मार्ट दरबार, शंखरपार्कमा बिहान ११ बजे सुरु हुनेछ।