रूकुम पूर्वमा नाबालकसहित दुईजनाको हत्या, अभियुक्तको मृत्यु

रूकुम पश्चिम, त्रिवेणी – रूकुम पूर्वको भूमे गाउँपालिका–४, साकिममा एकै परिवारका दुई जनाको हत्या भएको छ। मंगलबार दिउँसो ३ बजेतिर आठ महिने नाबालक समीर बुढा र ६० वर्षीया ढाँटी बुढाको खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलका अनुसार घटनामा संलग्न ५१ वर्षीय चन्द्रसिंह पुनको पनि मृत्यु भएको छ। हत्या गरेर भाग्ने क्रममा पुन भीरबाट खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनको शव खुलखुले खोलामा फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयवासीले घटनाको जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा पुनले खुकुरी प्रहार गरी नाबालक समीर र उनकी हजुरआमाको हत्या गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ।

प्रतिक्रिया