निर्माण सेवाले सडकमा सामग्री थुपारेपछि महानगरद्वारा १ लाख जरिवाना

काठमाडौँ महानगरपालिकाले सार्वजनिक सडकमा निर्माण सामग्री अव्यवस्थित रूपमा राखेको भन्दै टुकुचा निर्माण सेवा प्रा. लि. लाई १ लाख रुपैयाँ जरिवाना गरेको छ। वडा नम्बर ३२ अन्तर्गत बागमती करिडोर निर्माणको क्रममा कम्पनीले सामग्री सडकमा छाडेर ट्राफिक व्यवस्थापनमा समस्या पुर्‍याएको जनाइएको छ।

महानगर प्रहरीको टोलीले अनुगमन गर्दै कम्पनीलाई नियम उल्लङ्घन गरेको आरोपमा कारवाही गरेको हो। यसअघि पनि महानगरले सार्वजनिक स्थलमा निर्माण सामग्री थुपार्ने कम्पनीहरूलाई पटक–पटक कारवाही गर्दै आएको छ।

महानगरपालिकाले सार्वजनिक सडक र स्थलहरूको व्यवस्थापनमा अवरोध पुर्‍याउने कार्यहरू रोक्न कडाइ गर्ने बताएको छ। "सार्वजनिक ठाउँमा सामग्री राख्दा सर्वसाधारणलाई सास्ती हुन्छ र शहरको सौन्दर्यमा असर पर्छ, त्यसैले यस्ता गतिविधि सह्य हुनेछैन," महानगरले जनाएको छ।

यस कदमले अन्य निर्माण कम्पनीहरूलाई नियम पालना गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया