काठमाडौं । नेपाली राइड सेयरिङ तथा डिजिटल सेवा प्लेटफर्म फिरिरी एपको दोस्रो हप्ताको लक्की ड्रमा काजोल सुन्धौली विजेता बनेकी छन्। फिरिरीमार्फत बाइक सेवा प्रयोग गरेबापत उनले मोबाइल फोन र ब्याग उपहार प्राप्त गरेकी हुन्।
फिरिरीका अनुसार आफन्तमार्फत एपबारे जानकारी पाएपछि सुन्धौलीले एप डाउनलोड गरेकी थिइन्। नेपालीले निर्माण गरेको आफ्नै राइड सेयरिङ प्लेटफर्म भएको जानकारी पाएपछि आफूले नियमित रूपमा फिरिरीको सेवा प्रयोग गर्न थालेको उनले बताइन्।
‘फिरिरीबारे जानकारी पाएपछि एप डाउनलोड गरेकी थिएँ। नेपालीले निर्माण गरेको आफ्नै राइड सेयरिङ एप भएको थाहा पाएपछि यसको सेवा प्रयोग गर्न थालेँ,’ सुन्धौलीले भनिन्, ‘सेवा राम्रो लाग्यो र शुल्क पनि धेरै महँगो छैन। नेपाली कम्पनीको एप भएकाले प्रयोग गर्नुपर्छ भन्ने लागेको हो।’
फिरिरीका प्रबन्ध निर्देशक कुशल खड्काका अनुसार सञ्चालनमा आएको दुई महिनाको अवधिमा करिब १० हजार राइडर फिरिरीमा आबद्ध भएका छन्। नेपालीले निर्माण गरेको डिजिटल प्लेटफर्म भएकाले आगामी दिनमा सेवा देशका विभिन्न शहरमा विस्तार गर्ने तयारी भइरहेको उनले बताए।
हाल काठमाडौं उपत्यकामा सेवा दिँदै आएको फिरिरीले चाँडै देशका प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने जनाएको छ।
फिरिरी एपमार्फत राइड सेयरिङसँगै फुड डेलिभरी, होटल बुकिङ, मार्केटप्लेस तथा घरजग्गासम्बन्धी सेवा समेत उपलब्ध हुँदै आएका छन्। एउटै एपबाट विभिन्न डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले फिरिरीलाई बहुउपयोगी नेपाली डिजिटल प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।
प्रयोगकर्तालाई विभिन्न सेवा प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै ग्राहकसँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले फिरिरीले प्रत्येक साता लक्की ड्र सञ्चालन गर्दै आएको छ। लक्की ड्रमार्फत प्रत्येक साता एक जना प्रयोगकर्ता छनोट गरी उपहार प्रदान गर्ने गरिएको कम्पनीले जनाएको छ।
यसअघि पहिलो हप्ताको लक्की ड्रमा श्रृजना राज्यलक्ष्मी राणा विजेता बनेकी थिइन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता