कमलामाई–५ लाई “पूर्ण खोप सुनिश्चितता तथा दीगो वडा” घोषणा

कमलामाई नगरपालिका–५ लाई पूर्ण खोप सुनिश्चितता तथा दीगो वडा घोषणा गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा आयोजित विशेष कार्यक्रममार्फत वडामा आवश्यक सबै खोप सेवा सुनिश्चित गरिएको जनाउँदै औपचारिक घोषणा गरिएको हो।

स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता—पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ सञ्चालित यस अभियानअन्तर्गत वडास्तरीय घोषणा कार्यक्रम सञ्चालन गरिएको हो। सोही क्रममा वडा नं. ५ मा आयोजित कार्यक्रममा वडाध्यक्ष पूर्ण बहादुर खड्काले अध्यक्षता गर्नुभएको थियो।

कार्यक्रममा खोप अभियानमा लामो समयदेखि सक्रिय रहेका खोप कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका तथा विद्यालय नर्सहरूलाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

सरकारको नीति अनुसार प्रत्येक वडाले तोकिएका मापदण्डहरू—बालबालिकालाई नियमित खोप सेवा, सुरक्षित सञ्चिती, अभिलेख व्यवस्थापन, सामुदायिक सहभागिता, र जनचेतना अभिवृद्धि लगायतका सूचकहरू पूरा गरेपछि मात्र पूर्ण खोप सुनिश्चितता तथा दीगो वडा घोषणा गर्न सकिन्छ।

कमलामाई नगरपालिकाका अन्य वडाहरू पनि क्रमशः सोही अभियानमा संलग्न भई पूर्ण खोप सुनिश्चितता प्राप्त गर्न अग्रसर रहेका छन्।

सम्पादकीय टिम – आमा दर्शन न्यूज, सिन्धुली

प्रतिक्रिया