काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा मौसमी गतिविधि बढेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशभर मौसममा बदली आएको हो।
हाल देशभरको आकाश सामान्यतया बादलले ढाकिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
मनसुन सक्रिय रहेकाले आगामी समयमा समेत देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
३ भदौ २०८३, बुधबार ०७:२३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय